Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सबै स्थानीय तहमा बैंक पुर्याउन विकास समितिले दियो दुई महिनाको अल्टिमेटम

२०७४ जेष्ठ २९ गते

संसद्को विकास समितिले प्रत्येक स्थानीय तहमा बैंक स्थापना गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको संसद्को विकास समितिको बैठकले यस्तो निर्देशन दिएको हो । स्थानीय तहको आर्थिक गतिविधिलाई व्यवस्थित बनाउनको लागि बैंक स्थापना गर्नु आवश्यक रहेको भन्दै समितिले आगामी २ महिनाभित्र बैंक स्थापना गर्न सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कलाई निर्देशन दिएको बताइएको छ ।  सात सय ४४ स्थानीय तहमध्ये हाल ३९२ मा मात्र बैंक रहेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

Ad