Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकमार्फत हरेक नेपालीको पहुँचमा पुग्दै ‘कर्मचारी सञ्चय कोष’

२०७४ जेष्ठ २५ गते

कर्मचारी सञ्चय कोषले बैंकमार्फत सेवा प्रवाह गर्ने भएको छ । कोषले शाखारहित सेवा विस्तार गरी पहिलो पटक बैंकमार्फत सरल र सुलभ सेवा प्रदान गर्न लागेको हो । देशभरका साढे पाँच लाख सञ्चयकर्तालाई आठ शाखा र २ दुई सेवा केन्द्रबाट सेवा दिँदै आएको कोषले ७५ ओटै जिल्लामा सेवा पुर्याउने उद्देश्यले देशभरि रहेका राष्ट्रिय वाणिज्य बैङ्कका शाखामार्फत आउँदो आर्थिक वर्षबाट यस्तो सेवा दिन लागेको बताएको छ । हाल कोषले धनकुटा, विराटनगर, हेटौंडा, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत, धनगढी, काठमाडौको सिंहदरबार र पुल्चोक सेवा केन्द्रसँगै सामाजिक सुरक्षा विभाग ठमेलबाट सेवा प्रवाह गर्दै आइरहेको छ ।

शाखारहित भुक्तानी सेवा सुरु गर्न कोषले राष्ट्रिय वाणिज्य बैंकसँग कार्य सम्पादन सम्झौता (एमओयू) गरिसकेको छ । धितो राखेर सापटी लिनेबाहेक कोषबाट दिइने सबै सेवाहरु बैंकका शाखाहरुबाटै दिने प्रबन्ध मिलाउन लागिएको कोषले बताएको छ । कोषले सञ्चयकर्तालाई विशेष सापटी, भुक्तानी, घरसापटी, घर मर्मत सापटी, शैक्षिक सापटी, सरल चक्र कर्जा, सामाजिक सुरक्षा सेवाअन्तर्गतका दुर्घटना क्षतिपूर्ति, सुत्केरी तथा शिशु हेरचाह खर्च, काजक्रिया अनुदान, औषधोपचार सहयोग कार्यक्रम उपलब्ध गराउँदै आएको छ । 

Ad