Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अकुत सम्पत्तिको अर्को काण्डमा ‘चुडामणी शर्मा’

२०७४ जेष्ठ २२ गते

आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्मा अकुत सम्पत्तिको काण्डमा पनि मुछिएका छन् । कर फछ्र्यौट आयोगमार्फत विभिन्न व्यापारिक फर्महरुलाई छुट दिएर राज्यलाई अर्बौ रुपैयाँ नोक्सानी पुर्याएको आरोपमा अख्तियारद्वारा पक्राउ परेका शर्मा अकुत सम्पत्ति काण्डमा समेत मुछिएका हुन् ।

शुक्रबार कार्यकक्षबाटै पक्राउ परेका शर्मालाई आइतबार बिशेष अदालतले अनुसनधानका लागि ७ दिन थुनामा राख्न आदेश दिएको थियो । अदालतको आदेशसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबारबाटै अकुत सम्पत्तिको बारेमा अनुसन्धान सुरु गरेको छ । अख्तियार स्रोतका अनुसार शर्माले सेवा प्रवेश गरेदेखि आर्जन गरेको परिवार तथा आफन्तका नाममा रहेको चलअचल सम्पत्ति विवरण संकलन कार्य भइरहेको छ । 

२०६५ मा सहसचिव बनेका उनी काठमाडौं, सुनसरी र ललितपुरको प्रमुख जिल्ला अधिकारी, महालेखा परीक्षकको कार्यालय, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग हुँदै आन्तरिक राजस्व विभागको महानिर्देशक बनेका हुन् । कर फछ्र्यौटमा देखिएको बदनियत र पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको दुई छुट्टाछुट्टै कसुरमा आरोपमा शर्मामाथि अनुसन्धान अघि बढाइएको छ । विशेष अदालतमा उपस्थित गराउँदा महानिर्देशक शर्माले आफू निर्दोष रहेको दावी गर्दै अख्तियारको कदम सरकार र संसुको अपमान भएको बताएका छन् । 

Ad