इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंक लिमिटेडलाई खरिद गरेर सेञ्चुरी कर्मर्सिल बैंकले यही जेठ २८ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । हाल तीन अर्ब ६८ करोड ९० लाख रुपैयाँ मात्रै चुक्तापुँजी भएको सेञ्चुरीले पुँजीवृद्धिका लागि भैरहवामा केन्द्रीय कार्यालय रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंक र बनेपामा केन्द्रीय कार्यालय रहेको अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती (एक्विजिसन) गरेको हो ।
सेञ्चुरी, अरनिको तथा इन्नोभेटिभले गत आर्थिक वर्षमा गरेको मुनाफा वितरण गरिसकेका छन् । यी दुवै विकास बैकलाई गाभेपछि सेञ्चुरी बैंकको चुक्तापुँजी पाँच अर्ब नाघ्नेछ ।
यसबाहेक, बैंकले अल्पाइन डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स र सेती फाइनान्ससँग पनि एक्विजिसन सम्झौता गरेको छ । पाँच वटै संस्था एक्वायर गरेपछि सेञ्चुरीको चुक्तापुँजी झन्डै सात अर्ब रुपैयाँ पुग्नेछ ।