आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा अकुत सम्पत्ति आर्जन गरेको अभियोयमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो । शुक्रबार दिउँसो कार्यालय समयमा उनकै कार्यालयबाटै १ बजे पक्राउ गरिएको हो । कर फछ्र्यौट आयोगमार्फत सोधपुछ गर्न अख्तियारले शर्मालाई पक्राउ गरेको हो । उनलाई राजस्व हिनामिनाको अभियोग लागेको छ । आयोगको हिरासतमा राखि अनुसन्धान सुरु गरिएको अख्तियारले जानकारी गराएको छ ।