Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सेञ्चुरी बैंकले सेती फाइनान्स किन्ने

२०७४ जेष्ठ १८ गते

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कैलालीको टिकापुरमा केन्द्रीय कार्यालय रहेको सेती फाइनान्स लिमिटेडलाई प्राप्ती (एक्वायर) गर्न एमओयुमा हस्ताक्षर गरेको छ । इन्नोभेटिभ डेभलेपमेन्ट बैंक तथा अरनिको डेभलेपमेन्ट बैंकलाई प्राप्ती गरी संयुक्त कारोबार गर्ने तयारी गरेको बैंकले राष्ट्रिय स्तरको सेती फानान्सलाई खरिद गर्न लागेको हो । यसबाहेक, सेञ्चुरीले सगरमाथा फाइनान्स र अल्पाइन डेभलेपमेन्ट बैंकलाई प्राप्ती गर्ने प्रक्रिया अघि बढाइसकेको छ । पाँच वटै संस्था खरिद गरेपछि सेञ्चुरीको चुक्तापुँजीमा झन्डै एक अर्ब २० करोड रुपैयाँ थप हुनेछ । 
।

सेञ्चुरी बैंकले श्री इन्नोभेटिभ डेभलेपमेन्ट बैंक र अरनिको डेभलेपमेन्ट बैंकको संयुक्त कारोबार पश्चात् ४० प्रतिशत  अर्थात एक अर्ब ८८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्दैछ । चालू आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी चुक्तापुँजी आठ अर्ब पुर्याउने बैंकले बताएको छ । 

Ad