Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अर्थमन्त्रीको टिप्पणी : केन्द्रमा हालीमुहाली गर्न पल्केकाहरुले बजेट मन पराएनन्

२०७४ जेष्ठ १६ गते

अर्थमन्त्री कृष्णवहादुर महराले केन्द्रमा बसेर हालीमुहाली गर्न पल्केकाहरुले बजेट मन नपराएको बताएका छन् । बजेट बारे काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताए । उनले बजेटको धेरै हिस्सा स्थानीय तहमा जाने हुँदा असन्तुष्टि बढेको उल्लेख गरे । तर धेरै क्षेत्रबाट बजेटको स्वागत भएको र बजेट व्यबहाकि भएको भन्ने कुराहरु आउँदा आफू सन्तुष्टि रहेको पनि मह्राले बताए । स्थानीय तहमा जाने बजेट र खर्च सम्बन्धि निर्देशीकाले बजेटमा भ्रष्टाचार हुन अब नसक्ने बताए । साथै स्थानीय तहको बजेट खर्चको निरिक्षण हुने पनि उनले बताए । एक अर्को प्रसंगमा उनले अबको नयाँ सरकारमा पनि आफू नै अर्थमन्त्रीमा दोहोरीने सम्भावना औल्याए । 

Ad