सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेती फाइनान्स लिमिटेडलाई खरिद गर्ने भएको छ । यसअघि तीन विकास बैंक र एक फाइनान्सलाई खरिद गरेको सेञ्चुरीले पाचौँ पटकमा पुनः फाइनान्स कम्पनीलाई किन्ने भएको हो ।
सेञ्चुरीले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेर एकिकृत कारोबार सुरु गरिसकेको छ भने सगरमाथा फाइनान्स र अल्पाइन डेभलपमेन्ट बैंकसँग खरिद सम्झौता गरिसकेको छ । सगरमाथा र अल्पाइनलाई खरिद गर्नुअघि सेञ्चुरीले १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ । बोनस सेयर, हकप्रद सेयर र चार वटा संस्थाको प्राप्तीपछि सेञ्चुरीको चुक्तापुँजी छ अर्ब ६० करोड रुपैयाँ नाघ्नेछ ।
बैंकले त्यसपछि ४३ करोड २२ लाख रुपैयाँ चुक्तापुँजी भएको सेतीलाई खरिद गर्नेछ । जसपश्चात्, बैंकको चुक्तापुँजी झन्डै सात करोड रुपैयाँ पुग्नेछ । बैंकले राष्ट्र बैंकको निर्देशनअनुरुप आठ अर्ब चुक्तापुँजी चालू आर्थिक वर्षको कमाईबाट बोनस सेयर जारी गरेर पुर्याउनेछ ।