Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विप्रेषण आप्रवाह ६.३ प्रतिशतले बढ्यो

२०७४ जेष्ठ १६ गते

चालू आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले बढेको छ । संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने क्रममा चालू आर्थिक वर्षको समीक्षा गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले गत आर्थिक वर्षको नौ महिनाको तुलनामा यो वर्ष विप्रेषण आप्रवाह ६.३ प्रतिशतले बढेको बताएका हुन् । उनका अनुसार, यो अवधिमा मुलुकमा पाँच खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ विप्रेषण भित्रिसकेको छ । 

समग्रमा बाह्य क्षेत्रका सबैजसो परिसूचकहरु सकारात्मक र उत्साहप्रद रहेको अर्थमन्त्री महराको भनाइ छ । उनका अनुसार, यो अवधिमा समग्र शोधनान्तर ५० अर्ब ६४ करोड रुपैयाँ बचतमा रहेको छ । त्यस्तै, यो अवधिमा १० खर्ब ५७ अर्ब ३८ करोड रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति रहेको छ । यो सञ्चिति १३.३ महिनाको वस्तु आयात र ११.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने अर्थको ठहर छ । 

Ad