नेपाल राष्ट्र बैंकले रेमिट्यान्स भुक्तानीसम्बन्धी पूरानो व्यवस्थालाई संशोधन गरेको छ । राष्ट्र बैंकले विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स बैक खाताबाट भुक्तानी गर्नुपर्ने रकमको सीमा बढाएको हो । २०७१ माघ २५ गते निर्देशन जारी गर्दै राष्ट्र बैंकले एक लाख रुपैयाँसम्म बैंकमा खातै नखोली हातहातै र त्यो भन्दा वढि भए बैंक खाताबाट भुक्तानी गर्नु पर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थालई संशोधन गर्दै राष्ट्र बैंकले दुई लाख रुपैयाँसम्म रेमिट्यान्स हातहातै भुक्तानी गर्न पाइने र सोभन्दा बढी भए मात्रै बैंक खाताबाट भुक्तानी गर्नुपर्ने ब्यवस्था गरेको हो ।