Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

देशैभरी शाखा विस्तारमा एनआइसी एशिया बैंक, दुई दिनमा दर्जनबढी शाखा थपिए

२०७४ जेष्ठ ५ गते

एनआइसी एसिया बैंकले शाखा विस्तारलाई तिव्रता दिएको छ । गत आर्थिक बर्षमा ६६ वटा शाखा रहेको बैंकले चालु आर्थिक बर्षमा ४१ नयाँ शाखा विस्तार गरेर १०७ वटा शाखा बनाएको छ । बैंकले जेठको पहिलो २ दिनमा मात्रै १३ नयाँ शाखा विस्तार गरेको छ । बैंकले बिहीबार मणिग्राम, पोखराको नयाँ पुल,  सालझण्डी, रुद्रपुर सहित ४ नयाँ शाखा विस्तार गरेको हो । 

यस अघि बुधबार मात्रै बैंकले विभिन्न स्थानहरुमा ९ वटा शाखा विस्तार गरेको थियो । वुधबार सौफसार्टिकरमा बैंकको ९१ औं शाखा, धकधइमा ९२ औं शाखा, भुमहीमा ९४ औं शाखा, बाँसगढीमा ९५ औं शाखा विस्तार गरेको छ । सोहि दिन बैंकले चितवनको पर्सामा ९६ औं शाखा, टाँडीमा ९७ औं शाखा, दुलेगौडामा ९९ औं शाखा, चितवनको हाकिम चौकमा १०१ औं शाखा र तनहूँको भिमादमा १०३ औं शाखाको उद्घाटन गरेको थियो ।  

थप नयाँ शाखा विस्तार गर्ने योजना
एनआइसी एशिया बैंकले थप नयाँ शाखा समेत चाडै विस्तार गर्ने जनाएको । बैंकले जेठ महिना भित्रै झापाको गौरादह, वर्दिवास लगायतका स्थानमा नयाँ शाखा विस्तार गर्ने जनाएको छ । 

Ad