नेपाल बैंक लिमिटेडले एकैपटक १०८ जना कर्मचारी माग गरेको छ । सरकारी स्वामित्वको यो बैैंकले आगामी १५ दिन भित्रै रितपूर्वक आवेदन दिनुपर्ने गरी इन्छुक तथा योग्यता पुगेको नागरिकबाट आवेदन माग गरेको हो । बैंकले विभिन्न सात पदमा कर्मचारीको दरखास्त आह्वान गरेको छ ।
बैंकले सबैभन्दा सहायक पदमा ३२ जना खुला तर्फबाट चौथो तहको लागि आवदेन माग गरेको हो । बैैंकले तीन तहदेखि नौ तहका बरिष्ठ प्रवन्धकसम्म खुला प्रतिस्पार्धाबाट नियुक्त गर्ने भएको छ । बैंकले नौ तहका प्रवन्धक २ जना मागेको छ । यसमा एक जना महिला कोटा निर्धारण गरेको छ । यस्तै आठौं तहको प्रवन्धक ३ जना, सातौ तहको उपप्रवन्धक ५ जना, छैटो तहको सहायक प्रवन्धक ३१ जना मागेको छ । पाँचौ तहको बरिष्ठ सहायक पाँच जना मागेको छ । चौथो तहको सहायक सहायक ५८ जना मागेको छ भने तेस्रो तहको कनिष्ठ सहायक ४ जना मागेको छ ।
थप जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
http://www.nepalbank.com.np/pdf/vacancy/Vacancy_Notice_Level_3_to_9.pdf
त्यस्तै, एनआईसी एसिया बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न २० पदका लागि दरखास्त आह्वान गरेको छ । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले मे २३ भित्रमा एप्लाई गरिसक्नुपर्नेछ । इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन बुझाउन सक्नेछन् ।
कर्मचारी आश्यकतासम्बन्धी थप जानकारी तथा अनलाइनमार्फत जागीरका लागि एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
http://www.nicasiabank.com/current-vacancies
यता, माछापूछ्रे बैंक लिमिटेडले १०५ जना फ्रेस कर्मचारी माग गरेको छ । बैंकले उपत्याकाभित्र र बाहिरका विभिन्न शाखा कार्यालयहरुका लागि २८ जना मेनेजमेन्ट ट्रेनी र ७७ जना ट्रेनी जुनियर एसिस्टेन्ट माग गरेको हो ।
मेनेजमेन्ट ट्रेनीका लागि बैंकले कम्तीमा ६० प्रतिशत प्राप्तांकसहित मेनेजमेन्ट, विजनेस स्टडिज, विजनेस एडनिस्ट्रसन तथा सम्बन्धित विषयमा स्नातकोत्तर गरेको कर्मचारी माग गरेको छ भने ट्रेनी जुनियर एसिस्टेन्टका लागि कम्तीमा ४५ प्रतिशत प्राप्तांकसहित मेनेजमेन्ट, विजनेस स्टडिज, विजनेस एडनिस्ट्रसन तथा सम्बन्धित विषयमा स्नातक उतीर्ण गरेको हुनुपर्ने बताएको छ । दुवै पदका लागि नेपाली नागरिक हुनुपर्ने र अंग्रेजी तथा नेपाली भाषा (लेखाई तथा बोलाई दुबै)मा पोख्त हुनुपर्ने बताइएको छ । मेनेजमेन्ट ट्रेनीका लागि ३० वर्ष र ट्रेनी जुनियर एसिस्टेन्टका लागि २७ वर्ष उमेर ननाघेको हुनुपर्ने समेत बैंकले बताएको छ ।
थप जानकारीका लागि तथा आफूले चाहेको पदमा अनलाइनमार्फत आवेदन दिनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।