सिभिल बैंक लिमिटेडले छैठौं वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडांैमा सम्पन्न गरेको छ । साधारणसभाले आ.व.२०७२/७३ को नाफाबाट सेयरधनीहरुलाई २.८८% बोनस सेयर तथा कर प्रयोजनको लागि ०.१५१६% नगद लाभांश बितरण गर्ने निर्णय पारित गरेको छ ।
युनिक फाईनान्स लिमिटेड र हामा मर्चेन्ट फाईनान्स लिमिटेडलाई सिभिल बैंक लिमिटेडले प्राप्ति गर्ने प्रयोजनको लागि मुल्यांकनकर्ता जेबी राजभण्डारी एण्ड डिबीन्सबाट प्राप्त दुवै लक्षित संस्थाको सम्पत्ति र दायित्व मुल्यांकन प्रतिवेदन (डीडीए) बमोजिम पछिल्लो बजार मूल्य तथा इजाजतपत्रको वर्ग समेतका आधारमा सिभिल बैंक लिमिटेडको प्रतिसेयर मुल्य रु. १०० बराबर युनिक फाईनान्स लिमिटेडको रु. ९० र हामा मर्चेन्ट फाईनान्स लिमिटेडको रु. ८९ कायम हुने गरी सिभिल बैंक लिमिटेडको १ कित्ता सेयर बराबर युनिक फाईनान्स लिमिटेडका सेयरधनीहरुलाई सिभिल बैंक लिमिटेडको ०.९० कित्ता र हामा मर्चेन्ट फाईनान्स लिमिटेडका सेयरधनीहरुलाई सिभिल बैंक लिमिटेडको ०.८९ कित्ता सेयर प्रदान गरी दुवै लक्षित संस्थालाई यस सिभिल बैंक लिमिटेडले प्राप्ति गर्ने निर्णय पनि साधारणसभाले गरेको छ ।
साथमा बोनश सेयर जारी तथा युनिक फाईनान्स लिमिटेड र हामा मर्चेन्ट फाईनान्स लिमिटेडलाई प्राप्ति गरे पश्चात कायम हुन आउने चुक्ता पूँजीको ३०% हकप्रद सेयर प्रस्ताव गरेकोमा साधारणसभाले सोलाई संशोधन गरी ४०% हकप्रद सेयर निष्काशन गर्ने र साथै हकप्रद शेयर निष्काशन तथा वाँडफाँड गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण काम कारवाही गर्न संचालक समितिलाई अख्तियार प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सभाले पारित गरेको बोनस सेयर प्राप्ति र हकप्रद सेयर पछि बैंकको चुक्ता पूँजी नेपाल राष्ट्र बैंकले तोकेको समयमा पूरा हुनेछ ।
सोहि साधारणसभाले संस्थापक लगानीकर्ताहरुको समुहको तर्पmबाट संचालक समितिमा सृजना शाक्य तामाङ्गलाई बाँकी अवधिको लागि गरेको नियुक्तिलाई अनुमोदन गरेको छ ।
चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म रु. ३३.८१ अर्व निक्षेप संकलन गरी रु. ३१.२ अर्व कर्जा प्रवाह गरेको यस बैंकले मुलुकभर ५१ शाखा तथा ९ शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक सेवा दिंदै आएको छ भने ३४ स्थानहरुमा एटिएम जडान गरिसकेको छ ।



