सिभिल बैंक लिमिटेडको अध्यक्ष पदको कार्यभार अम्बीर बोगटीले सम्हालेका छन् । नेपाल राष्ट्र बैंकमा गभर्नर डा. चिरंजीबि नेपालबाट बैंकका नवनियूक्त अध्यक्षले सपथ ग्रहण गरे । उनी बैंकको स्थापना कालदेखि नै बैंकका संचालक थिए । बोगटी अध्यक्ष भएसँगै रिक्त रहेको सञ्चालकको कार्यभार सृजना शाक्य तामाङ्गले सम्हालेकी छिन् ।
बैंक बोर्डको नयाँ नेतृत्वले बैंकको कार्यशैलीमा सुधार गर्दै सयर होल्डरलाई बढी भन्दा बढी प्रतिफल प्रदान गर्ने प्रतिवद्घताका साथै ग्राहकवर्गलाई नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने बैंकका नवनियूक्त का.मु. प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताए ।
बैंकले आगामी जेष्ठ ४ गते छैठौं बार्षिक साधारणसभाको आयोजना गर्दैछ ।