नेपाल धितोपत्र बोर्डले तोकिएको समयमा साधारण सेयर नगर्ने कम्पनीलाई चेतावनी दिएको छ । बोर्डले निर्धारित समयमा आवेदन रुजू र बाँडफाँड नगर्ने कम्पनीलाई आगामी दिनमा कडा कारबाही हुने चेतावनी दिएको हो ।
स्टाण्डर्ड चार्टर्ड बैंकले धितोपत्र बोर्डले तोकिदिएको समयभित्र थप नयाँ साधारण सेयर अर्थात एफपीओ बाँडफाँड नगरेपछि बोर्डले बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटललाई सचेत गराएर आउने दिनमा यस्तै गल्ति दोहोर्याए कारबाही हुने चेतावनी दिएको हो ।
बैशाख २२ गते शुक्रबार बैंकको एफपीओ बाँडफाँड गर्न धितोपत्र बोर्डले एनएमबी क्यापिटललाई निर्देशन दिएको थियो । आस्बा सदस्य तथा साधारण आवेदनको तथ्यांक रिकन्सिलेशनमा समस्या भएको भन्दै क्यापिटलले बैशाख २४ गते मात्र सेयर बाँडफाँड गरेको थियो ।