Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंक अफ काठमाण्डूले कति तोक्यो एफपिओका मूल्य ?

२०७४ बैशाख २७ गते

बैंक अफ काठमाण्डू लिमिटेडले थप नयाँ संस्थापक सेयरको प्रिमियम मूल्य निर्धारण गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा दुई सय १० रुपैयाँ प्रिमियम थप गरी तीन सय १० रुपैयाँमा एफपिओ जारी गर्ने निर्णय गरेको हो । 

बैंकले ६१ लाख ५८ हजार ६७ कित्ता थप संस्थापक सेयर जारी गर्दैछ । यसका लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकले एक अर्ब ९० करोड ९० लाख ७७० रुपैयाँ बराबरको संस्थापक सेयर बिक्री गर्ने जनाएको छ । 

बैंकले संस्थापक तथा सर्वसाधारण सेयरधनीको पुँजी संरचना ५१ः४९ प्रतिशत कायम गर्नको लागि संस्थापक तर्फ थप सार्वजनिक निष्काशन गर्न लागेको हो । हाल बैंक अफ काठमाण्डू लिमिटेडमा संस्थापक सेयरधनीको सेयर स्वामित्व ४५.६४ प्रतिशत रहेको छ । 


 

Ad