Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

रैराङ हाइड्रोपावरले पायो पाँच लाख ६० हजार कित्ता आईपिओ जारी गर्ने अनुमति 

२०७४ बैशाख २४ गते

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पाँच लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आइतबार (वैशाख २४ गते) रैराङलाई पाँच करोड ६० लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने अनुमति दिएको हो । 

१४ लाख कित्ता आईपिओ जारी गर्ने घोषणा गरेको रैराङले पहिलो चरणमा स्थानीयका लागि सेयर जारी गर्न लागेको हो । कम्पनीले स्थानीयबासीलाई सेयर बिक्री गरेपछि आठ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ भएको छ ।  यो रेटिङले कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्छ । 

Ad