अवैध सुनसहित उपसचिव किशोर कुमार खत्री पक्राउ परेका छन् । उनीसहित अर्का एकजना पनि पक्राउ परेका छन् । ४० तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरु पक्राउ परेका हुन् । कतार एयरको विमानमार्फत दोहाबाट काठमाडौं आएका मनिष रिमाल र उपसचिव किशोर कुमार खत्री पक्राउ परेका हुन् । खत्री नेपाल नागरिक उड्ययन प्राधिकरणका उपसचिव हुन् । यसअघि पनि विभिन्न समयमा विमानस्थलबाट सुन पक्राउ पर्दै आएको थियो ।