Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यती र महालक्ष्मीबीचको मर्जर पारित, एक बराबर एकको स्वाप रेसियोमा गाभिने

२०७४ बैशाख २२ गते

महालक्ष्मी विकास बैंक लिमिटेड र यती डेभलपेमन्ट बैंक लिमिटेड एकआपसमा गाभिने प्रस्ताव पारित भएको छ । महालक्ष्मीको विहीबार तथा यतीको शुक्रबार सम्पन्न साधारणसभाले गाभ्ने/गाभिने प्रस्ताव पारित गरेका हुन् । यती डेभलपमेण्ट बैंक र महालक्ष्मी विकास बैंक गाभीए पछि बन्ने बैंकको नाम महालक्ष्मी विकास बैंक लि. रहने प्रस्ताव दुबै बैंकको साधारणसभाबाट पारित भएको बताइएको छ । 

यतीको साधारणसभाले उपयुक्त बैंक तथा बित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने वा बिदेशी रणनैतिक साझेदार भित्राउने प्रस्ताव समेत अनुमोदन गरेको छ । त्यस्तै मर्जर , एक्यूजिसन सम्बन्धी अन्य आवश्यक प्रक्रिया पुरा गर्ने अख्तियारी संचालक समिती वा संचालक समितीले तोके बमोजिम मर्जर समितीलाई सम्पूर्ण अख्तियारी प्रदान गरेको छ । बैंकले जारी गर्ने भनेको दुई बराबर एक अर्थात पचास प्रतिशत हकप्रद सेयर जारी नगर्ने प्रस्ताव यतीको साधारणसभाले पारित गरेको छ ।

त्यसै गरी महालक्ष्मीको साधारणसभाले आगामी ४ वर्षको लागी ७ जना संचालकहरु चयन गरेको छ । जसअनुसार संस्थापक समूह अन्तर्गत संजय गिरी, राजेश कुमार रौनियार, माधव लाल श्रेष्ठ तथा प्रेम कुमार उलक निर्वा्चित भएका छन् । सर्वसाधारण समूह अन्तर्गत डबल बहादुर शाह, बिरेन्द्र कुमार संघाई तथा श्याम सुन्दर रुम्टा निर्वाचित भएका छन् । निर्वाचन पश्चात बसेको संचालक समितिको बैठकले राजेश कुमार रौनियारलाई बैंकको अध्यक्ष चयन गरेको छ । साथै महालक्ष्मीले ७.९० प्रतिशत बोनस सेयर समेत पारित गरेको छ ।

 महालक्ष्मी र यती एक बराबर एकको स्वाप रेसियोमा गाभिन लागेका हुन् । मर्जर पछि बन्ने बैंकको चुक्ता पूँजी दुई अर्ब ६३ करोड रुपैंया हाराहारीमा पुग्ने बताइएको छ । मर्जर पश्चात बन्ने विकास बैंकको निक्षेप २३ अर्ब ८४ करोड , कर्जा लगानी १९ अर्ब ९७ करोड शाखा संख्या ६५ तथा ग्राहक संख्या ३ लाख ४५ हजार पुग्न भै देशकै सबैभन्दा ठुलो विकास बैंक बन्ने दाबी गरिएको छ ।

Ad