एनएमबि बैंक लिमिटेडले एक करोड १४ लाख १५ हजार एक सय ६३ कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) निष्कासन गर्ने भएको छ । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले एफपिओ जारी गरेर संस्थापक तथा साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्ने निर्णय गरेको हो ।
बैंकको गत पुषमा सम्पन्न २१ औँ साधारणसभाले थप नयाँ साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । हाल बैंकको छ अर्ब ४६ करोड चुक्ता पुँजी रहेको छ । एफपीओ जारी गरेपछि बैंकको पुँजीमा एक अर्ब १४ करोड रुपैयाँ थपिनेछ भने प्रिमियमवापतको रकम जगेडा कोषमा जानेछ । बैंकले प्रिमियम मूल्य निर्धारण गरेको छैन ।