नेपाल क्लियरिङ्ग हाउसले प्रदान गर्दै आएको NCHL-ECC र NCHL-IPS प्रणालीहरुबाट हुने कारोबार रकम र समय सीमालाई बैशाख २२ गते शुक्रबारदेखि लागु हुने गरि परिमार्जन गरिएको छ । NCHL-ECC प्रणालीबाट राफसाफ हुने चेकको रकमको सीमा बृद्धिगरि २० करोड रुपैया“सम्म र विदेशी मुद्राको चेकको हकमा २० लाखसम्म पुर्याइएको छ ।
त्यस्तै, ठूला रकमको कारोबारमा रकमको सीमा बृद्धि गरि ३० करोडसम्म र विदेशीमुद्राको चेकको हकमा ३० लाखसम्म पुर्याइएको छ । उक्त ठूला रकमको कारोबारको समय सीमा समेत हरेक दिन १०ः०० – ११ः३० सम्म हुने व्यवस्था मिलाईएको छ । साथै हरेक शुक्रबार समेत दुईवटा एक्सप्रेस क्लियरिङ हुने व्यवस्था गरिएको छ । जस अनुसार शुक्रबार बिहान १०ः०० देखि ११ः०० र ११ः०० देखि १२ः०० बजेसम्म पेश गरिएको चेकहरु समेत सोही दिनको एक्सप्रेस क्लियरिङमा ङ्खछर्यौट हुनेछन् ।
यद्यपि, आन्तरिक व्यवस्थाअनुसार बैंकले तोकेको समय सीमा भने फरक हुन सक्ने हु“दा थप जानकारीको लागि ग्राहकले आङ्खनो बैंकमा सम्पर्क राख्नुपर्ने हुन्छ । सुविधा विस्तारको क्रममा NCHL-IPS प्रणालीमार्फत बैंक वित्तीय संस्थाहरुले एक आपसमा गर्ने अन्तर बैंक कारोबारहरु (Treasury) को रकम सीमा समेत बृद्धिगरि ५० करोड रुपैया र विदेशी मुद्राको हकमा ५० लाख सम्महुने व्यवस्था थप गरिएको छ ।
उक्त व्यवस्थाले विद्युतीय माध्यमबाट गरिने चेक एवं अन्तर बैंक कारोबारलाई सहयोग पुग्ने र बैंक एवं ग्रँहकहरुलाई समेत थप सुविधा प्राप्त हुने विश्वास कम्पनीले लिएको छ । हाल नेपाल क्लियरिङ्ग हाउसले विद्युतीय चेक क्लियरिङ्ग (NCHL-ECC) र अन्तरबैंक विद्युतीय भुक्तानी (NCHL-IPS) प्रणालीका सेवाहरु क्रमशः १०३ र ७८ सदस्यहरु मार्फत प्रदान गर्दै आएको छ ।


