Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकिङ एक्स्पोको आज अन्तिम दिन  (फोटोफिचर सहित)

२०७४ बैशाख १७ गते

रोयल आचार्य/बैंकिङ खबर-बैंक, वित्त, बीमा तथा शेयर बजार बारे स“चना दिन नेपाल मै पहिलो पटक आयोजना गरिएको ‘बैंकिङ एक्स्पो–२०१७ को अन्तिम आज आइतबार अवलोकन कर्ताहरुको उल्लेखीय उपस्थिती रहेको छ । बैंक वित्तीय संस्थाहरुको स्टलमा अहिले अवलोकन कर्ताको भिड लागेको छ । आइतबार बिहान ११ बजेबाट शेयर बिशेष कार्यक्रम संचालन गरिएको छ । शेयर बजार बिशेष कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक बरिष्ठनाथ पौडेल, ब्रोकर एसोशियसनका अध्यक्ष प्रियराज रेग्मी, नेपाल मर्चेण्ट बैंकर्स संघका अध्यक्ष प्रविण रमण पौडेल, गरिमा विकास बैंकका सिइओ गोबिन्द प्रसाद ढकाल, मुक्तिनाथ विकास बैंकका सिइयो भरतराज ढकाल लगायतले प्रिजिन्टेशन दिए भने युवा उद्यमशीलता बिषयमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा. बिष्णुप्रसाद गौतमको प्रिजिन्टेशन रहेको थियो । यस समाचार तयार पार्दा सम्म शेयर बजार बिशेष अन्तरक्रिया कार्यक्रम भइरहेको छ । दिउसो २ः३० देखी बैंकिङ लगानी तथा बीमा बिशेष कार्यक्रम हुनेछ ।

बैंकिङ लगानी बिशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रकास ढकाल, नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल लगायतको प्रिजिन्टेशन हुने कार्यक्रम संयोजक माधव निर्दोशले बताए । संयोजक निर्दोशका अनुसार बैंकीङ लगानी बिशेष कायृक्रम पछि बीमा बिशेष कार्यक्रम संचालन हुनेछ । बीमा बिशेष कार्यक्रममा बीमा समितिक अध्यक्ष चिरञ्जिवी चापागाँई तथा अन्य बीमा विज्ञहरुको प्रिजिन्टेशन हुनेछ । बीमा बिशेष कार्यक्रम पछि बीमा समितिका अध्यक्षले समापन गर्ने कार्यक्रम रहेको छ । 

मिडिया इन्टरनेशनलको आयोजनामा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स एशोसियसन लगायतको सहभागितामा आयोजित कार्यक्रम आज आइतबार समापन हुँदैछ । एक्स्पोमा विभिन्न बैंक तथा वित्तीय संस्था लगायत रेमिट्यान्स कम्पनी, नागरिक लगानी कोष, स्वरोजगार कोष, नेपाल राष्ट्र बैंक लगायतले स्टल राखेका छन् ।