Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

३० प्रतिशत हकप्रद जारी गर्दै सनराइज बैंक, धितोपत्र बोर्डले दियो अनुमति

२०७४ बैशाख १५ गते

सनराइज बैंक लिमिटेडले ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले शुक्रबार (वैशाख १५ गते) सनराइजलाई हकप्रद निष्काशनको अनुमति दिएको हो । 

सनराइजले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ६३ करोड ५९ लाख ६३ हजार छ सय रुपैयाँ बराबरको एक करोड ६३ लाख ५९ हजार छ सय ३६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

हाल सनराइज बैंकको चुक्तापुँजी पाँच अर्ब ४५ करोड ३२ लाख १५ हजार छ सय रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब आठ करोड ९१ लाख ७९ हजार एक सय रुपैयाँ पुग्नेछ ।