Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यी सन्सार हल्लाउने धनाड्यहरु, को कसरी सफल भए (हेर्नुहोस् विस्तृतमा)

२०७४ बैशाख १४ गते

विश्वका आधा जनसंख्याको स्वामित्वमा रहेको सम्पत्ति बराबर आठ व्यक्तिको सम्पत्ति भएको एक अध्ययनले देखाएको छ । अक्सफामले गरेको अध्ययनका अनुसार, विश्वका सबैभन्दा गरिब ३।६ अर्ब जनताको बराबर सम्पत्ति अमेरिकामा छ । को हुन् त ती आठ धनाढ्य, जसको स्वामित्वमा छ, विश्वका आधा जनसंख्यासँग भए बराबरको सम्पत्ति रु

१. बिल गेट्स 
माइक्रोसफ्टका फाउन्डर ६१ वर्षिय बिल गेट्ससँग ७५ विलियन अमेरिकी डलर सम्पत्ति छ । बिल एण्ड मेलिन्डा फाउन्डेसनका समेत फाउन्डर रहेका उनी उद्योग, प्रोग्रामिङ, सामाजिक अभियान लगायत थुप्रै क्षेत्रसँग सम्बन्धित छन् । सन् २००० मा माइक्रोसफ्टका सीईओ समेत भएर काम गरेका गेट्सले २००८ मा अध्यक्षको रुपमा काम गरे । हाल भने उनले आफ्नो सम्पूर्ण समय बिल एन्ड मेलिन्डा फाउन्डेसनलाई दिने गरेका छन् । साथमा उनी माइक्रोसफ्टका वर्तमान सीईओ सत्य नडेल्लाका प्राविधिक सल्लाहकारको रुपमा काम गर्दै आएको छन् । २८ अक्टोबर १९५५ मा अमेरिकामा जन्मिएका उनी हार्डभर्ड युनिभर्सिटीबाट निकालिएका थिए । सन् १९९४ मा मेलिन्डा गेट्ससँग विवाह गरेका गेट्सका तीन सन्तान छन् ।

२. एमेन्सियो अर्टेगा 
विश्वव्यापी ब्राण्ड जाराका लागि प्रख्यात फेसन ग्रुप इन्डिटेक्सका अध्यक्ष तथा फाउन्डर अमेन्सीया ओर्टेगा ६७ विलियन अमेरिकी डलर बराबरको सम्पत्तिका मालिक हुन् । उनी ८० वर्षिय स्पेनीस नागरिक तथा विजनेसम्यान हुन् । २८ मार्च १९३६ मा जन्मिएका ओर्टेगाले सन् १९६६ मा रोसालिया मेरासँग विवाह गरेका थिए । सन् १९८६ मा उनीहरुको सम्बन्ध टुट्यो । २००१ मा उनले फ्लो पेरेजसँग विवाह गरे । ओर्टेगाका तीन सन्तान छन् । उनका पिता रेलवेमा काम गर्थे । सानै उमेरमा उनले सर्ट बनाउने ठाउँमा काम गरे र त्यहाँबाट काम सिके । १४ वर्षको उमेरमा नै उनले पढाई छोडेका थिए ।

३. वारेन एडवर्ड बफेट 
संसारकै सबैभन्दा सफल लगानीकर्ता वारेन बफेट एक अमेरिकी विजनेसम्यान र सामाजिक अभियान्ता हुन् । उनी ६१ विलियन अमेरिकी बराबरको सम्पत्तिका मालिक हुन् । ८६ वर्षिय उनी अमेरीकाको मल्टिनेशनल कम्पनी बर्कशायर हाथवेका सीईओ तथा सबैभन्दा ठूलो सेयरधनी हुन् । उनी ओमाहाका तान्त्रिक, ओमाहाका सन्त लगायत उपनामले समेत चिनिन्छन् । उनीसँग भएको सम्पत्तिको भन्दा पनि उनको लगानीसम्बन्धि कौशलता बढी चर्चा हुने गरेको छ । उनका पिता सेयर ब्रोकर थिए । ३० अगस्ट १९३० मा जन्मिएका बफेटले युनिभर्सिटी अफ नेब्रास्का लिङकनबाट आट्र्स र साइन्समा ब्याचलर गरेका छन् भने कोलम्बिया युनिभर्सिटीबाट साइन्समा मास्टर्स गरेका छन् । सन् १९५२ मा बफेटले सुजेन बफेटसँग विवाह गरेका थिए । सन् २००४ मा उनको मृत्यु भएपछि उनले सन् २००६ मा एस्ट्रिड मेन्स्कसँग विवाह गरे । वारेन बफेटका तीन सन्तान छन् ।

४. कार्लोस स्लिम हेलु
कार्लोस स्लिम हेलु मेक्सीकन विजनेसम्यान, लगानीकर्ता र सामाजिक अभियान्ता हुन् । फोब्र्सको तथ्यांकअनुसार उनीसँग ५० विलियन अमेरिकी डलर बराबरको सम्पत्ति छ । ७६ वर्षका स्लिमले मेक्सिकोका थुप्रै कम्पनीमा लगानी गरेका छन् । उनी मेक्सिकोका वारेन बफेट नामले समेत चिनिन्छन् । सन् २०१० देखि २०१३ सम्म उनी संसारकै सबैभन्दा धनी व्यक्ति थिए । २८ जनवरी १९४० मा जन्मिएका उनले नेशनल अटोनोमस युनिभर्सिटी अफ मेक्सिकोबाट आट्र्समा ब्याचलर गरेका छन् । सन् १९६७ मा सौम्या डोमिट जिमायलसँग विवाह गरेका स्लिमका छ सन्तान छन् । सन् १९९९ मा उनकी पत्नीको मृत्यु भएको थियो ।

५. जेफ बेजोस
जेफ बेजोस संसारकै सबैभन्दा ठूलो अनलाइन सपिङ कम्पनी अमेजनका संस्थापक अध्यक्ष र सबैभन्दा ठूलो सेयरधनी हुन् । उनी अमेकीकाका प्राविधिक उद्योगी तथा लगानीकर्ता हुन् । उनी ४५।२ विलियन अमेरिकी डलर बराबरको सम्पत्तिका मालिक हुन् । उनको विजनेस रुची एरोस्पेस र पत्रपत्रिकातिर पनि छ । उनी एरोस्पेस निर्माण तथा विकास कम्पनी ब्लु वरिजिनका संस्थापक तथा मालिक हुन् । सन् २००० मा स्थापना गरिएको यो कम्पनीले २०१५ को सुरुवातमा अन्तरिक्षमा परीक्षण उडान गरेको थियो । उनले सन् २०१३ मा द वासिङटन पोष्ट पनि खरिद गरेका थिए । १२ जनवरी १९६४ मा जन्मिएका बेजोसले प्रिन्सटन युनिभर्सिटीबाट साइन्स र आर्टर्समा ब्याचलर गरेका छन् । सन् १९९३ मा म्याक्केन्जी बेजोसँग विवाह गरेका उनका चार सन्तान छन् ।

६. मार्क जुकरवर्क
मार्क जुकरवर्ग संसारकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकका सहसंस्थापक तथा सीईओ हुन् । फेब्र्सका अनुसार उनी ४५ विलियन अमेरिकरी डलर बराबरको सम्पत्तिका मालिक हुन् । ३२ वषर्य जुकरवर्ग अमेरिकी प्रोग्रामर, इन्टरनेट व्यवसायी तथा सामाजिक अभियान्ता हुन् । हारभर्डमा कलेजको एउटा प्रयोगात्मक कोठाबाट उनले फेसबुक पत्ता लगाएका थिए, जसले छोटो समयमा नै उनलाई विश्वप्रख्यात बनायो । १४ मे १९८४ मा जन्मिएका जुकरवर्ग हार्डभर्ड युनिभर्सिटीबाट निकालिएका थिए । सन् २०१२ मा प्रिस्सिला चानसँग विवाह गरेका जुकरवर्गका एउटी छोरी छिन् । 

७. ल्यारी एलिसन
अमेरीकी विजनेसम्यान ल्यारी एलिसन ओर्याकल कर्पोरेसनका सहसंस्थापक हुन् । सेप्टेम्बर २०१४सम्म उनी यस कर्पोरेसनका सीईओ थिए । हाल ओर्याकलमा कार्यकारी अध्यक्ष तथा प्राविधिक अधिकृतको जिम्मेवारी सम्हालिरहेका एलिसन ४४ विलियन अमेरिकरी डलर बराबरको सम्पत्तिका मालिक हुन् । ७२ वर्षिय एलिसनले आफ्नो सम्पत्तिको एक प्रतिशत हिस्सा दान गर्न द गिभिङ प्लेज नामक संस्थासँग सम्झौता गरेका छन् । १७ अगस्ट १९४४ मा जन्मिएका एलिसन युनिभर्सिटी अफ सिकागो र युनिभर्सिटी अफ इलियन्सबाट निकालिएका थिए । उनले चार वटा विवाह गरेकोमा चार वटै विवाह असफल भएपछि हाल उनी एक्लै छन् । पछिल्लो पटक उनले सन् २००३ मा मेलेनी क्राफ्टसँग विवाह गरेका थिए । उनीसँग सन् २०१० मा डिभोर्स भएको थियो । एलिसन दुई सन्तानका पिता हुन् ।  

८. मिचेल रुबिन्स ब्लुमबर्ग 
माइक नामले परिचित अमेरिकी विजनेसम्यान, राजनेता तथा सामाजिक अभियान्ता मिचेल रुबिन्स ब्लुमबर्ग ४० विलियन अमेरिकी डलर बराबरको सम्पत्तिका मालिक हुन् । उनी फाइनान्सियल डाटा तथा मिडिया कम्पनी ब्लुमबर्ग एलपीका संस्थापक तथा मालिक हुन् । माइकले सन् २००० मा डाइना टेलरसँग विवाह गरे । उनका दुई सन्तान पनि छन् । १४ फेब्रुअरी १९४२ मा जन्मेका उनले जोन हप्किन्स युनिभर्सिटीबाट आट्र्स र साइन्समा ब्याचलर गरेका छन् भने हार्भर्ड विजनेस स्कुलबाट विजनेस एडमिनिस्ट्रेसनमा मास्टर्स गरेका छन् ।