Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

१० करोड लिएर म्यानेजर भागेपछि कैलाश बैंकका संचालक तनावमा

२०७४ बैशाख ९ गते

कैलाश विकास बैंकका संचालकदेखि कर्मचारीसम्म करिव १० करोड हिसावकिताबको रकम ठगी गरेका कैलाश विकास बैंक पोखराका रविचन्द्र खनालको खोजिमा जुटेका छन् ।  करोडौं आर्थिक हिनामिना गरी फरार भएका उनलाई प्रहरीले पनि खोजिरहेको छ । ६ महिनाअघि लामाचौर शाखा प्रबन्धक भएका उनी हाल फरार छन् । खनाल कैलाश विकास बैंकमा आउनुअघि नेपाल एक्सप्रेस फाइनान्सको पोखरा, सभागृहचोकस्थित शाखा प्रमुख थिए । उक्त फाइनान्स र मेट्रो विकास बैंक गएको वर्षमात्रै कैलाश विकास बैंकमा मर्ज भएको थियो । बैंकका ग्राहकको खातामा भएको रकम बोकेर भागेको बताइएको छ । बैंशाख १ गतेदेखि फरार भएका उनको खोजिमा बेंक संचालक देखि कर्मचारीसम्म खटिएका छन् । बेंक हेड अफिसले मार्केटीङ प्रमुखको टोली पोखरा पठाएको छ । तर उक्त टोलीले अबस्था पत्ता लगाउन नसकेपछि संचालकहरु नै जुटेका छन् । साथीभाइ, चिनेजानेका तथा बैंकका ग्राहकसँग पनि व्यक्तिगत रुपमा पैसा उठाएको कैलाश बैंक स्रोतले जनाएको छ । प्रारम्भिक अनुमानका क्रममा उनले झण्डै १० करोड हिनामिना गरेको आकलन गरिएको छ । 

Ad