Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

३ अर्ब १० करोडको ट्रेजरी विक्री गर्ने राष्ट्र बैंकको तयारी 

२०७२ चैत्र २८ गते

nepal rastra bankनेपाल राष्ट्र बैंकले (भोली) सोमबारबाट फेरी तीन अर्ब १० करोड रुपैयाँको ट्रेजरी विक्री गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले बजारमा रहेको अधिक तरलता नियन्त्रण गर्नको लागि उक्त ट्रेजरी विक्री गर्ने तयारी गरिएको राष्ट्र बैंकले जनाएको छ । सोमबार बिक्री खुल्ला हुने र मंगलबार जारी मिति तोकिएको ट्रेजरीको परिपक्व हुने अवधि २०७३ असार २८ गते हुनेछ । यसअघि पनि राष्ट्र बैंकले यही चैत २२ गते ९१ दिने अवधिको तीन अर्ब ६ करोड र तीन सय ६४ दिने अवधिको ३६ करोड रुपैयाँको ट्रेजरी विक्री गरेको थियो ।