Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

पोखरामा नक्कली नोटको विगविगी, ५ सयका नोट छ्याप्छ्याप्ती

२०७४ बैशाख ७ गते

पोखरामा ५ सयका नक्कली नोट भेटिएका छन् । राष्ट्र बैंकले नै यो कुराको प्रमाणित गरिदिएको छ । रमष्ट्र बैंकले त्यस्ता नक्कली नोट भेटिएको भन्दै सतर्क रहन र सूचना गर्न समेत अनुरोध गरेको छ । राष्ट्र बैंक कार्यालयले नै यस्ता नोट बजारमा भेटिएको जनाएको  छ ।  दुई फरक–फरक नम्बर रहेका नोटहरू भेटिएपछि यसको पृष्टि भएको हो । एउटै नम्बर २ वटा नोटमा भेटिएपछि नक्कली हो भन्ने प्रमाणित भएको बताइएको छ । कहाँबाट कसरी र कसले ल्यायो भन्नेबारे यकिन नभएको राष्ट्र बैंक पोखराका कामु निर्देशक अमर अधिकारीले बताए । 

Ad