Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आठ अर्ब चुक्तापुँजी पुर्याउँदै एनसीसी बैंक

२०७४ बैशाख ५ गते

नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले अब हकप्रद र बोनस सेयर जारी गरेर नै आठ अर्ब चुक्तापुँजी पुर्याउने भएको हो । चार वटा राष्ट्रिय स्तरका विकास बैंकलाई एकैपटक खरिद गरेर हालै एकीकृत कारोबार थालेको बैंकले अब मर्जर तथा एक्विजिसनबिना नै नेपाल राष्ट्र बैंकले तोकेको न्युनतम चुक्तापुँजी पुर्याउने योजा बनाएको हो । 

आठ अर्ब पुुँजी पुर्याउने मिसनअनुरुप बैंकले हाल कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ ।  हकप्रद सेयर पारित गर्नका लागि वैशाख १५ गते विशेष साधारणसभा डोकेको छ । हाल एनसीसी बैंकको चुक्तापुँजी चार अर्ब ६७ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब रुपैयाँ नाघ्नेछ । 

बाँकी एक अर्ब रुपैयाँ बराबरको पुँजी चालु आर्थिक बर्षको खुद नाफा र बिकास बैंकहरुको स्वापबाट बचेको जगेडा कोषमा रहेको रकमबाट बोनस दिएर पुर्याउने बैंकको योजना छ ।