विश्व बैंकले बैंकले सन् २०१७ मा नेपालमा ६ प्रतिशतको आर्थिक बृद्धि हासिल हुने आँकलन गरेको छ । यसअघि एसियाली विकास बैकले सन् २०१७ मा नेपालको आर्थिक बृद्धिदर ६ देखि ६.२ प्रतिशतसम्म हुने बताएको थियो । भूकम्पपछि नेपालको अर्थतन्त्रमा शिथिलता आएपनि अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको विश्व बैंकले जनाएको छ । आइतबार सार्वजनिक गरिएको रिपोर्टमा विद्युत आपूर्तिले अर्थतन्त्रमा सुधार आएको, मनसुनी वर्षाका कारण कृषि क्षेत्रको उत्पादनमा बृद्धि हुन लागेको तथा भूकम्पपछिको पुनर्निर्माणले गति लिन थालेको उल्लेख छ । सन् २०१५ मा गएको भूकम्पका कारण सन् २०१६ मा नेपालको आर्थिक बृद्धिदर ०.६ प्रतिशत थियो । सन् २०१४ मा नेपालको आर्थिक बृद्धिदर ६ प्रतिशत थियो । सन् २०१७ मा नेपालमा ६ प्रतिशतको आर्थिक बृद्धि हासिल हुने तथा सन् २०१८ ५.५ प्रतिशत हुने र सन् २०१९ मा ४.५ प्रतिशत हुने बिश्व बैंकको अनुमान छ ।
