आगामी आर्थिक वर्षको पहिलो त्रैमासमा पूर्ण स्वचालित अनलाईन सेयर कारोबार प्रणाली संचालनमा आउने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ बर्ष २०७४ को शुभकामना संदेश दिँदै आगामी आर्थिक वर्षको पहिलो त्रैमासमा पूर्ण स्वचालित अनलाईन सेयर कारोबार प्रणाली संचालनमा ल्याउने बताएको हो ।
नेप्सेको हालको पुरानो कारोबार प्रणालीलाई बिस्थापन गर्न वाईको कम्पनीले आउने चार महिना भित्रमा सफ्टवेयर र हार्डवेयरको काम सकी परीक्षण गरेर पूर्ण स्वचालित अनलाईन कारोबार प्रणाली संचालनमा ल्याउन सकिने गरी काम भईरहेको बताएको छ ।


