Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सेञ्चुरी बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस सेयर, चार वित्तीय संस्था किनेपछि ४० प्रतिशत हकप्रद

२०७४ बैशाख १ गते

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सेयरधनीले १० प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको विहीबार सम्पन्न छैटौँ साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सो अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, साभाले सेयरधनीलाई ४० प्रतिशत हकप्रद निष्कासन गर्ने कम्पनीको बैंक सञ्चालक समितिको प्रस्ताव पनि पारित गरेको छ । 

उक्त सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्नलाई स्वीकृति समेत प्रदान गरेको छ । यी संस्था प्राप्ती पछि मात्र बैंकले सो मात्राको हकप्रद निष्काशन गर्नेछ ।

हाल सेञ्चुरी बैंकको चुक्तापुँजी चार अर्ब सात करोड रुपैयाँ रहेको छ । चार संस्थालाई एक्वायर गरेपछि बैंकको पुँजीमा दुई अर्ब रुपैयाँ थप हुनेछ । त्यस्तै, ४० प्रतिशत हकप्रद सेयर र चालु आ.व.को मुनाफाबाट बोनस सेयर जारी गरेर आठ अर्ब चुक्तापुँजी पुर्याउने बैंकले जनाएको छ ।