Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मर्जरको प्रक्रियामा रहेका यती र महालक्ष्मीले बोलाए साधारणसभा, केके छन् प्रस्तावहरु ?

२०७३ चैत्र ३१ गते

महालक्ष्मी विकास बैंक सलसमटेडले वैशाख २१ गतेका लागि साधारणसभा डाकेको छ । बैंकले मर्जर लगायतका प्रस्ताव पारित गर्न साधारणसभा डोकेको हो । महालक्ष्मी एक बराबर एकको स्वाप रेसियोमा यती डेभलपमेन्ट बैंकसँग मर्जरमा जाँदैछ । मर्जरको प्रस्ताव पारित गर्न यती डेभलपमेन्ट बैंकले पनि वैशाख २२ गतेका लागि साधारणसभा डाकेको छ । यती र महालक्ष्मी एक आपसमा गाभिएर दुई अर्ब ६३ करोड रुपैयाँ चुक्तापुँजी पुर्याउने र महालक्ष्मी विकास बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्ने सम्झौता गरेका छन् । 

यसबाहेक, यतीले साधारणसभामा हकप्रद सेयर रद्द गर्ते प्रस्ताव लैजाने भएको छ । यसअघि यतीले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । यद्यपि, मर्जर पश्चात राष्ट्र बैंकले तोकेको पूँजी पुग्ने भएपछि अब हकप्रद सेयर जारी नगर्ने प्रस्ताव यतीको साधारणसभाले पारित गर्ने भएको हो ।

यता माहालक्ष्मीले एक अर्ब १५ करोडको ७.९० प्रतिशतले हुन आउने नौ करोड १३ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित गराउने भएको छ ।