Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तिनाउ डेभलपमेन्ट बैंकको हकप्रद सेयर वैशाख १९ गतेदेखि

२०७३ चैत्र ३१ गते

तिनाउ डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन वैशाख १९ गतेदेखि सुरु हुने भएको छ । बैंकले ३५ प्रतिशत अर्थात १० बराबर ३.५ का अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । जेठ २२ गतेसम्म निष्काशन खुला रहने सेयरमा वैशाख ५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।  

तिनाउले एक सय रुपैयाँ अंकित मूल्यमा ११ करोड ९४ लाख ७९ हजार छ सय नौ रुपैयाँको ११ लाख ९४ हजार सात सय ९६ कित्ता सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकको हकप्रदमा लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक र तिनाउ विकास बैंकबाट आवेदन दिन सक्नेछन् ।

हाल तिनाउ डेभलपमेन्ट बैंकको चुक्तापुँजी ३४ करोड १३ लाख ७० हजार पाँच सय रुपैयाँ रहेको छ । ३५ प्रतिशत हकप्रद सेयर जारी गरेपश्चात् बैंकको चुक्तापुँजी ४६ करोड आठ लाख ५० हजार एक सय रुपैयाँ पुग्नेछ ।