नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । वैशाख १५ गते सिद्धार्थनगरमा बस्न लागेको विशेष साधारणसभामा बैंकले उक्त हकप्रद सेयर निष्काशन गर्नेसम्बन्धी निर्णय अनुमोदन गराउने भएको छ । चार वटा ठूला विकास बैंकलाई गाभेको एनसीसीले पछि आउने नियमित साधारणसभामा बोनस दिएर बाँकी पूँजी पुर्याउने गरी यो बर्ष ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
हाल एनसीसी बैंकको चुक्तापुँजी चार अर्ब ६७ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब रुपैयाँ नाघ्नेछ । बाँकी एक अर्ब रुपैयाँ बराबरको पुँजी बैंकले चालु आर्थिक बर्षको खुद नाफा र बिकास बैंकहरुको स्वापबाट बचेको जगेडा कोषमा रहेको रकमबाट बोनस दिएर पुर्याउने योजना बनाएको छ ।


