साझा विकास बैंक लिमिटेडले देवः विकास बैंक लिमिटेडमा विलय हुने सम्झौता गरेको छ । एक्विजिशन पश्चात संस्थाको नाम देवः विकास बैक लि. नै रहने तथा संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत समेत देवः विकास बैंककै रहने गरी दुई बैंकबिच सहमति भएको छ ।
देवःले युनियन फाइनान्स लिमिटेडसँग पनि एक्विजिसन प्रक्रिया अघि बढाइसकेको छ । बैंकले गतबर्षको मुनाफबाट १४ प्रतिशत बोनस र ४४ करोडको हकप्रद सेयर निष्काशन गरेर चुक्तापुँजी एक अर्ब ४५ करोड पुर्याएको छ । दुई कम्पनी एक्वायर पश्चात कम्पनीको पुँजी एक अर्ब ७२ करोड पुग्नेछ । साझा विकास बैंकको चुक्ता पूँजी १० करोड तथा युनियन फाइनान्सको १७ करोड ६५ लाख रुपैयाँ रहेको छ । थप पुँजीका लागि बैंकले अन्य संस्थासँग मर्जर वा एक्विजिसनमा जाने योजना बनाएको छ ।
उक्त संस्था प्राप्ति पछि नेपालको सुदुर पश्चिम क्षेत्रमा बैंकका शाखा सञ्जालहरु विस्तार भई नेपालभर ४६ वटा शाखा सञ्जाल रहने छ भने कुल निक्षेप ११ अर्व र कर्जा लगानी ९ अर्ब ४५ करोड पुग्ने बैंकले जनाएको छ ।


