नेपाल उद्योग वाणिज्य महांघको बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी भएका छन् । उनको प्यानलका सदस्यहरु धेरैले जितेका छन् । त्यसैगरी बस्तुगत उपाध्यक्षमा गोल्छा समुहकै उमेशलाल श्रेष्ठ बिजयी भएका छन् भने जिल्ला नगर उपाध्यक्षमा किशोर प्रधान समुहका प्रमोद श्रेष्ठ विजयी भएका छन् । एसोसियट उपाध्यक्षमा यस अघिनै गोल्छा समुहका चन्द्र ढकाल निर्विरोध विजयी भइसकेका छन् ।
यसैगरी बस्तुगत केन्द्रीय सदस्यमा गोल्छा समुहका धेरै छन् । १४ कार्यकारिणी सदस्यमा ८ सदस्य गोल्छा समुहको छ । जसअनुसार अन्जन श्रेष्ठ, आकाश अधिकारी, कमला श्रेष्ठ, विनोद ढकाल, सन्दिप अग्रवाल, हेमराज ढकाल, रबिनकुमार श्रेष्ठ, सुनिगोपाल श्रेष्ठ, प्रकाशसिंह कार्की र जय प्रकाश शिवाकोटी छन् । यसैगरी प्रधान समुहबाट शकुन्ताल हिराचन, शिव घिमिरे र डा तिलचन्द्र भट्टराई विजयी भएका छन् । जिल्ला तथा नगरतर्फ उमेश डालमिया, सुरकृष्ण वैद्य, राजन श्रेष्ठ, मनिषलाल प्रधान, कृष्णप्रसाद शर्मा, कृष्णप्रसाद श्रेष्ठ, दिपक लम्साल, कृष्णप्रसाद श्रेष्ठ, ध्रुवराज श्रेष्ठ भारी, दिलशुन्दर श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, निरक केसी, किशोरकुमार आचार्य, सुरेन्द्रप्रसाद श्रेष्ठ, चन्द्रकान्त अधिकारी र कल्याण जोशी केन्द्रीय सदस्य भएका छन् ।
