Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनएमबि बैंकको एक करोड चार लाख कित्ता एफपिओ आउँदै

२०७३ चैत्र २७ गते

एनएमबि बैंक लिमिटेडले एक करोड चार लाख कित्ता फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गर्ने भएको छ । बैंकले सर्वसाधारण र संस्थापक सेयरको अनुपात ४९ः५१ कायम गर्न सर्वसाधारणतर्फको सेयरको नयाँ निष्काशन गर्न लागेको हो । 

बैंकले एफपिओको मूल्य प्रतिसेयर ५३३ निर्धारण गरेको छ । सेयर निष्काशनको अनुमतिका लागि दोस्रो बजारको मूल्यमा घटबढ भए एफपिओको मूल्यमा पनि केही परिवर्तन आउन सक्ने बताइएको छ ।  

बैंकले प्रस्ताव गरेकै मूल्यमा सेयर निष्काशन गरेमा बैंकको चुक्तापूँजीमा एक अर्ब १४ करोड रुपैयाँ थपिनेछ  । प्रिमियमबाट संकलित बाँकी रकम जगेडा कोषमा जाने छ ।