नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले एस डेभलपमेन्ट बैंकलाई खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । एक्विजिसन सम्झौता गरेको झण्डै आठ महिना पछि दुवै बैंकले शुक्रबार विशेष साधारण सभा आह्वान गरी एक्विजिसन प्रस्ताव पारित गराएका हुन् । दुई बैंकले एसको एक सय कित्ता बराबर इन्भेष्टमेन्ट बैंकको ४१ कित्ता सेयर पाउने गरी सेयर स्वाप निर्धारण गरिएको थियो । अब नेपाल राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि आवेदन दिएर दुवै बैंकले केही महिनामा एकीकृत कारोबार सुरु गर्ने छन् ।
हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी आठ अर्ब ७० करोड रुपैयाँ रहेको छ । एक अर्ब २० करोड चुक्ता पूँजी भएको एसलाई ४१ प्रतिशत स्वापमा विलय गरे पछि ईन्भेष्टमेण्ट बैंकको चुक्तापुँजी नौ अर्ब २० करोड रुपैयाँको हाराहारीमा पुग्नेछ ।


