सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले अल्पाइन डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक र सगरमाथा फाइनान्सलाई खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ । तीन संस्था खरिद गर्न सेञ्चुरी बैंकलाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । अब एक्विजिसनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरे अन्तिम सहमतिका लागि फेरि सेञ्चुरी राष्ट्र बैंक जानेछ ।
हाल तीन अर्ब ६८ करोड रुपैयाँ चुक्तापुँजी रहेको सेञ्चुरीले यी तीन संस्थालाई खरिद गरेर झन्डै दुई अर्ब पुँजी जोड्नेछ । आठ अर्ब पुँजी पुर्याउने दौडमा रहेको सेञ्चरीले बाँकी पुँजी हकप्रद अथवा बोनसबाटै पुर्याउने जनाएको छ ।


