Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

छ मूख्य सहरमा ब्रोकर शाखा, दुई दर्जन ठाउँबाट सेयर कारोबार गरिँदै

२०७३ चैत्र २० गते

सेयर ब्रोकर शाखा मुलुकको छ मूख्य सहरमा विस्तार भएको छ । धितोपत्र दलाल व्यवसायीले देशका विभिन्न प्रमुख छ वटा सहरबट शाखाहरु सञ्चालनमा ल्याएका हुन् । नेपालगञ्ज, बुटवल, नारायणगढ, बनेपा, विराटनगर र विर्तामोडमा सेयर ब्रोकर सेवा विस्तार भएको हो । अब छिटै नै  विभिन्न १८ वटा सहरमा विस्तार गरिने नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । 

कालिका सेक्यूरिटिज (नं ४६), क्रिष्टल कन्चनजङ्गा (नं ५०), भिजन सेक्यूरिटिज (नं ३४), आर्यतारा सेक्यूरिटिज (नं ५७), श्रीहरि सेक्यूरिटिज (नं ५६) र सानी सेक्यूरिटिज (नं ४२) रहेका छन् । यीमध्ये ब्रोकर नं ४६ ले नेपालगञ्ज, ५० ले विराटनगर, ३४ ले बनेपा, ५७ ले विर्तामोड र ४२ ले नारायणगढमा ब्रोकर सेवा सुरु गरेको बताइएको छ । 

उपत्यकाबाहिर ब्रोकर सेवा विस्तार भएसँगै नेप्सेमा सेयर कारोबारको चाप बढेको छ । राजधानीवासी मात्र नभएर मुलुकका अन्य स्थानका सर्वसाधारण पनि सेयर कारोबारमा सरिक हुनाले छरिएर रहेका ससाना पुँजीहरु पनि सेयर कारोबारको दायरामा आउने अपेक्षा गरिएको छ ।

हाल नेपालमा ५० वटा सेयर ब्रोकरहरु सञ्चालनमा छन् । जसमध्ये नौ ब्रोकरले यसअघि नै राजधानीबाहिर शाखा सञ्चालन गर्दै आएका थिए । बाँकी ४१ वटा कम्पनीले नेप्सेमा दिएको आवेदनका आधारमा गत साता नेप्सेले छ वटा ब्रोकरलाई राजधानीबाहिर सेवा विस्तार गर्ने अनुमति दिएको थियो ।