प्राइम कमर्सियल बैंक लिमिटेडसँग बिराटलक्ष्मी विकास बैंक लिमिटेड र कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेडको एक्विजिसन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यी दुई बैंकलाई खरिद गर्नका लागि प्राइमले नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । बिराटलक्ष्मीका सेयरधनीले एक सय कित्ता बराबर प्राइमको ७५ कित्ता तथा कन्ट्रीका सेयरधनीले पनि एक सय कित्ता बराबर प्राइमको ४० कित्ता सेयर पाउने गरी यी तीन संस्था एक्विजिसनमा जान लागेका हुन् । यी तीन संस्थाले आठ महिना अघि एक्विजिसन सम्झौता गरेका थिए ।
तीन वटै संस्थाले बितरण गरेको बोनस सहित अब बन्ने प्राइम बैंकको चुक्ता पूँजी छ अर्ब ३२ करोड रुपैंया पुगेको छ । बाँकी एक अर्ब ६८ करोड रुपैंया पूँजी बैंकले चालु आर्थिक वर्षको कमाई, स्वापबाट बचेको रकम र अन्य स्रोतबाट बोनस सेयर जारी गरी आठ अर्ब पूँजी पुर्याउने लक्ष्य लिइएको छ ।
विराटलक्ष्मी पुर्वका १० गिलन कार्यक्षेत्र भएको क्षेत्रीय स्तरको बिकास बैंक हो । गत फागुनसम्म यो विकास बैंकको चुक्ता पुँजी करिब ४२ करोड रुपैयाँ थियो । त्यस्तै काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको कन्ट्रि डेभलपेन्टको चुक्ता पुँजी ३३ करोड २८ लाख रुपैयाँ छ । यो विकास बैंक पनि क्षेत्रीय स्तरको हो । यसका १० जिल्ला कार्यक्षेत्र छन् ।


