Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

पाँच बैंकमा रोजगारीको अवसर

२०७३ चैत्र १७ गते

बैंकिङ क्षेत्रमा करिअर बनाउने सोच बनाएका नेपाली नागरिकहरुका लागि समयसमयमा अवसरहरु आइरहेका छन् । त्यस्तै, अवसर अहिले पाँच वटा बैंक तथा वित्तीय संस्थामा छ । जसमध्ये, मिर्मिरे माइक्रोफाइनान्सतिनाउ डेभलपमेन्ट बैंकमा आवेदन दिने म्याद आज सकिँदैछ । 

यसबाहेक, कैलाश विकास बैंक लिमिटेडले केही संख्यामा अफिसर/जुनियर अफिसर लेभलको सीए/एसीसीए र केही संख्यामा प्रशिक्षार्थी एसिस्टेन्ट माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले ५ अप्रिल अर्थात चैत्र २३ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदन दिने व्यक्ति ३५ वर्ष ननाघेको हुनुपर्नेछ । 

त्यस्तै, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । संस्थाले दुई जना वरिष्ठ सहायक शाखा प्रमुख माग गरेको छ। इच्छुक र योग्य नेपाली नागरिकलाई यही चैत्र २४ गतेभित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ ।

 

यता, कृषि विकास बैंकले व्यवसाय अधिकृत, अधिकृत स्तर तृतीय श्रेणीका कुल ४० जना कर्मचारी माग गरेको छ ।

 

आफ्नो योग्यता र इच्छाअनुसार तपाईँले कुनै पनि बैंक तथा वित्तीय संस्थामा आवेदन दिन सक्नुहुनेछ ।