Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सेञ्चुरी बैंकको साधारणसभा चैत्र ३१ गते, बोनसपछि हकप्रद प्रस्ताव

२०७३ चैत्र १० गते

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चैत्र ३१ गतेका लागि साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि बैंकले चैत्र १८ गतेदेखि ३१ ग्तेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने जानकारी दिएको छ । 

साधारणसभामा सेञ्चुरीले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव लग्दैछ । साथमा बोनस वितरणपछि कायम चुक्तापुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव समेत लग्दैछ । यसबाहेक बैंकले इनोभेटिभ डेभलमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक र सगरमाथा फाइनान्सलाई प्राप्ती गर्दैछ । 

हाल यस बैंकको चुक्ता पुँजी तीन अर्ब ६८ करोड ९० लाख रुपैयाँ छ । बोनस सेयर, हकप्रद सेयर र एक्विजिसनपश्चात् सेञ्चुरीको चुक्तापुँजी छ अर्ब ६० करोड रुपैयाँ नाघ्नेछ । चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर जारी गरेर र अर्को मर्जर तथा एक्विजिशनबाट बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।