सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्काशन गर्ने भएको छ । संस्थाले सेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । सपोर्टले विहीबार (चैत्र ३ गते) बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता सेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्तापुँजी करोड २० लाख रुपैयाँ रहेकोम छ । उक्त सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी छ करोड रुपैयाँ पुग्ने छ । कम्पनीको अधिकृत पूँजी भने १५ करोड रहेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
२०७२ साल साउनबाट औपचारिक रुपमा सञ्चालनमा आएको सपोर्ट पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, रामेछाप र मकवानपुर गरी १० जिल्ला कार्यक्षेत्र भएको माइक्रोफाइनान्स हो ।


