ग्लोबल आइएमई बैंकको १० औं बार्षिक साधारण सभा चैत २१ गते हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजे सुरु हुने सभाका लागि बैंकले चैत्र ७ गतेदेखि २१ गतेसम्म सेयरधनीले पुस्तिका बन्द गर्ने जनाएको छ ।
साधारणसभामा बैंकले १५.७६५ बोनस सेयर दिने प्रस्ताव लैजाँदैछ । साथमा बैंकले अन्य बैंक वित्तीय संस्था गाभ्ने वा गाभिनका लागि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि अनुमोदन गर्नेछ । सभामा बैंकले सहायक कम्पनी ग्लोबल आईएमई क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०७२/७३ को नाफा नोक्सान सहितको एकीकृत वित्तीय बिवरण पनि स्वीकृत गर्नेछ ।
हाल ग्लोबलको चुक्ता पुँजी सात अर्ब १५ करोड पाँच लाख ५० हजार रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी आठ अर्ब २७ करोड रुपैयाँ पुग्नेछ ।


