Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ संक्षेप

नाम परिवर्तन गर्दै बैंक अफ काठमाण्डू लुम्बिनी

२०७३ फाल्गुन ५ गते

बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले आफ्नो नाम परिवर्तन गर्ने भएको छ । बैंकले चैत्र ३ गते बोलाएको २२औँ साधारणसभामा बैंकको नाम परिवर्तन गर्नेसम्बन्धी प्रस्ताव अघि सार्ने भएको हो । नेपाल राष्ट्र बैंकलाई स्वीकार्य हुने नाम परिवर्तन गर्नुपर्ने भन्दै बैंकले अब पुरानै नाम बैंक अफ काठमाण्डू बनाउने प्रस्ताव गरेको छ । बैंक अफ काठमाण्डू लिमिटेड र लुम्बिनी बैंक लिमिटेड एक आपसमा गाभिएर बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेड बनेको हो ।