अरुण फाइनान्स लिमिटेड समस्याग्रस्त संस्थाको सूचिबाट बाहिरिएको छ । फाइनान्सले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिक आफूलाई सुधार गरेकाले समस्याग्रस्त संस्थाबाट फुकुवा गरिएको बताइएको छ । राष्ट्र बैंकका अनुसार, अरुणले चुक्तापुँजी १५ करोडबाट बढाएर २२ करोड ३३ लाख रुपैयाँ पुर्याएको छ । त्यस्तै, सम्पूर्ण निक्षेपकर्ताहरुलाई निक्षेप फिर्ता भुक्तानी गर्ने सम्बन्धी सूचना समेत जारी गरेको, संस्थामा हाल नयाँ लगानीकर्ताहरुको प्रवेश भएको, २०७३ असार महिनाको वित्तीय विवरण अनुरुप पुँजीकोष २४.८८ प्रतिशतले धनात्मक रहेको तथा नयाँ लगानीकर्ताहरुको तर्फबाट संचालक समितिको गठन गरी संचालन भइरहेको भन्दै अरुण फाइनान्सलाई समस्याग्रस्तबाट हटाउने निर्णय गरेको जानकारी राष्ट्र बैंकले दिएको छ ।
राष्ट्र बैंकले निम्न सर्तमा अरुणलाई समस्याग्रस्तबाट मुक्त गरिदिएको छ ।


