Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

युनाइटेड मोदीको सवा १७ लाख कित्ता आईपीओ आउँदै, धितोपत्र बोर्डले दियो अनुमति

२०७३ माघ २० गते

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले सर्वसाधरण लगानीकर्ताका लागि १७ लाख २५ हजार कित्ता साधारण सेयर(आईपीओ) जारी गर्ने अनुमति पाएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १७ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न बुधबार नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।  

कुश्माको मोदीखोलामा दुईवटा जलविद्युत् आयोजनाको प्रर्वद्धन गरेको कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय बासिन्दालाई सेयर वितरण गरिसकेको छ । कम्पनीले पर्वत जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता साधरण सेयर निष्कासन गरी बाँडफाँड समेत गरिसको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड ३ रेटिङ दिएको छ । यो ग्रेडले कम्पनीको सबै पक्षहरू बलियो रहेको संकेत गर्छ ।