आगामी आर्थिक बर्ष २०७४/७५ को लागि बजेट १० प्रतिशतले बढाइने भएको छ । १० प्रतिशतले बृद्धि गरी आगामी आर्थिक वर्षको बजेटको आकार ११ खर्ब ५६ अर्ब हाराहारीमा हुने भएको छ । चालु आर्थिक बर्षको भन्दा १० प्रतिशतले बृद्धि गरी आगामी आर्थिक बर्षको लागि बजेट सिलिङ तयार पार्ने काम अर्थमन्त्रालयले गरिरहेको छ । पछि थपघट नभएको अवस्थामा आर्थिक बर्षको बजेट आकार ११ सय ५६ अर्ब हुने भएको अर्थमन्त्रालयले जानकारी दिएको छ । गतसाता स्रोत समितिको बैठकले आन्तरिक र वाह्य स्रोतको विवरणसहित आगामी बजेटको अध्ययन गरेर बजेटको सीमा निर्धारण गरेको थियो । सोहि रायका आधारमा अर्थमन्त्रालयले बजेटको आकार यस्तो बनाउन लागेको हो । सरकारले चालू आर्थिक बर्ष २०७३÷७४ का लागि १० खर्ब ४८ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।


