Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मेलम्ची खानेपानी पाइप विछ्याउने काम ७० प्रतिशत सकियो 

२०७३ माघ १९ गते

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत काठमाडौँ उपत्यकामा खानेपानीको पाइप गाड्ने काम तीव्र गतिमा अगाडि बढेको छ। मेलम्चीको खानेपानी उपत्यकावासीको घरघरमा पु¥याउने जिम्मा पाएको मेलम्ची खानेपानी आयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालयले दैनिक ५० स्थानमा पाइप विच्छ्याउने काम गरिरहेको छ। निर्देशनालयका प्रबन्धक नन्दबहादुर खनालले काठमाडौँ उपत्यकाका भित्री सडकमा ६ सय ७० किलोमिटर पाइप बिच्छ्याउने भएपनि हालसम्म ५ सय ३० किलोमिटर पाइप बिच्छ्याइ सकिएको जानकारी दिए। उनले भने, “दैनिक एकहजार २ सय देखि १ हजार ३ सय कामदारले पाइप बिच्छ्याउने काम गरिरहेका छन। निर्देशनालयले अहिले नयाँ सडक, नयाँ बानेश्वर, ठमेल, मङ्गलबजार, वाग्मती किनारालगायतका स्थानमा काम भइरहेको जनाएको छ भने खुशीबु, कालीमाटी, बल्खु, कुलेश्वरलगायतका स्थानमा काम नै सुरु भएको छैन। मेलम्चीबाट टनेल हुँदै सुन्दरीजल आउने पानी त्यहाँ प्रशोधन भइसकेपछि उपत्यकाका ११ वटा मुख्य ट्याङ्कीमा बाँडेर घरघरमा पु¥याउने काम गरिन्छ। मुख्य ११ स्थानमा पु¥याउन मुख्य लाइन ६१ किमी खन्नुपर्ने भएपनि हालसम्म मुख्य लाइन ३८ किमी मात्र सकिएको खनालले बताए। रासस